नयाँ वर्षको पहिलो दिन १२ हजार दर्शनार्थी पुगे मुक्तिनाथ

1.8k Shares

मुस्ताङ– नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार तिर्थालुले दर्शन गरेका छन् ।

वैशाख १ गते करिब १२ हजार दर्शनार्थीले पूजा गरेको मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि दिनेस भुसालले बताए । दर्शनार्थीको बाक्लो उपस्थितिका कारण रानीपौवाका दुई वटै बसपार्क सवारी साधनले भरिँदा पार्किङमा समस्या भएको थियो ।

जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा पनि पर्यटक पुगेका थिए ।

सम्बन्धित समाचार