बीरगंज । सशस्त्र प्रहरीका एसपी राजेन्द्र खड्कालाई क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले सम्मान तथाच बिदाई कार्यक्रमको आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हेडक्वाटर पर्सा वीरगंजबाट एपीएफ कमाण्ड सम्हालेका एसपी खड्काको स्टाफ कलेज काठमाडांैमा सरुवा भएपछि क्रियाशिल युवा पत्रकार मञ्चले फूलमाला सहित प्रशंसापत्रबाट बिदाई गरिएको हो । बीरगंज होटल मकालुमा आयोजित कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एसपी खड्काले सम्मानित गर्ने संस्थाप्रति धन्यवाद प्रकट गरेका थिए । उनले पर्सा जिल्लाको बसाईमा यहाँको आम जनता, व्यापारी, विभिन्न संघ, संस्था , समाजसेवी, सञ्चारकर्मी लगायतहरुबाट निकै सहयोग पाएको बताएका थिए । एसपी खड्काले पर्साको बसाई आफ्नो लागि अविस्मरणीय रहने र कामको सिलसिलामा ज्ञात, अज्ञातमा कसैको चित दुःखेकोमा यसै कार्यक्रम मार्फत क्षमायाचना गरिदिन आग्रह गरेका थिए । उनले आफू यस ठाँउबाट निकै अनुभव प्राप्त गरेको बताउँदै यहाँका जनताहरू साच्चिकै इमान्दार र सहयोगी रहेको प्रशंसा गरेका थिए । प्रहरी उपरीक्षक खड्काले आफू जहाँ रहे पनि यस क्षेत्रको विकासको लागि आवश्यकता अनुसार आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा संस्थाका सलाहकार सुबोध कुमार गुप्ताले शुभकामना व्यक्त गर्दै एसपी खड्काको १८ महिने कार्यकाल निकै नै प्रशंसा योग्य रहेको र बताएका थिए । उनले ९ वटा सशस्त्र प्रहरी क्याम्पलाई बढाएर आज १८ वटा क्याम्प बनाउन सफल भएकोमा आगामी दिनमा सशस्त्र प्रहरीको नेतृत्व गरेर देशको सेवा गरून् भन्ने शुभकामना दिएका थिए । उनले देशका प्रशासनिक निकायका व्यक्तित्वहरुलाई हरेक संघ, संस्थाहरूले मान सम्मान गर्नुपर्ने आफ्नो धारणा राखेका थिए ।

यसैगरी अर्का विशिष्ठ अतिथि बिपीसी क्याम्पस प्रमुख तथा संस्थाका सल्लाहकार दीपक शाक्यले एसपी खड्काको आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना दिएका थिए । उनले छोटो समयमा यस्तो राम्रो कार्यक्रम आयोजना गरेको संस्थाका सम्पूर्ण पधादीकारीलाई धन्यवाद दिएका थिए । कार्यक्रम मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा संस्थाका सलाहकार शिवशंकर साह, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्य ग्यासु मियाँ देवान, नेपाल पत्रकार महासंघ पर्साका प्रदेश सभा सदस्य शिवशंकर साह, राउण्ड टेबल नेपाल बीरगंजका अमित चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मंचका सचिव बीरेन्द्र साहले गरेका थिए भने स्वागत मन्तव्य मंचका उपाध्यक्ष आनन्द पटेलले गर्नु भएको थियो ।