केही ठाउँमा हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना

848 Shares

काठमाण्डौ- काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानको समयमा मौसम सफा छ । 

दिउँसोपछि भने बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपख गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँ तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भरे राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै ठाउँहरूमा तथा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

सम्बन्धित समाचार