धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

5.6k Shares

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।    

सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् ।

 पुल निर्माण भएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए ।

 

सम्बन्धित समाचार