चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

5.6k Shares

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको छ । 

बुधबार संघको निर्वाचन समितिले  उम्मेदवार र उनीहरूका प्रतिनिधि तथा संघका पूर्व पदाधिकारीसँग छलफल गर्दै मिति समेत प्रस्ताव गरेको हो । 


जसमा उपत्यका बाहिर चैतको २० र २१ गते तथा काठमाडौँ उपत्यका भित्र २८, २९ र ३० चैतमा निर्वाचन गर्ने प्रस्ताव अघि सारिएको  छ । 

तर कुनै  निष्कर्ष भने निस्किसकेको छैन् । (भोलि) शुक्रबार औपचारिक रुपमा मिति सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

सम्बन्धित समाचार