बिरगंज । पर्सा प्रहरीको मान प्रतिष्ठा प्रति धब्बा लगाउने र जर्बजस्ती इमान्दार बने प्रयत्न गर्दा एक मधेशी प्रहरी निरीक्षक आफ्नो कर्तुतले खलनायक बन्न पुगेका छन् ।
संस्थागत तस्करीबाट महिनाबारी खाने तर जीविकोेपार्जनको निम्ति व्यवसाय गर्ने फलफुल व्यवसायी संग प्रहरी निरीक्षक दिपक साहले नाजायज असुली गर्न खोज्दा नदिए पछि २० दर्जन केरा र २० कार्टुन स्याउ बिरगंजबाट खरिद गरि डोकैला वहुअरी लान खोज्दा समातेर भन्सार बुझाउने यो रवैया प्रति सर्वत्र आलोचना भइरहेको छ ।
फलफुल व्यवसायी बिजय साह तुराहा संग श्रीपुर प्रहरीका घुमुवाहरुले रु दुई हजार घुस मगेका थिए त्यो नदिए पछि सो सामान बिहिबार सामातेर शुक्रबार बिरगंज भन्सार पठाइदिएका थिए ।
प्रदेश न. दुईमा रहेको लालबाबू राउत गद्दीको सरकारले भन्दै आएको ‘आपना शासन आपना प्रशासन’को नमूना यो घटना बन्न पुगेको छ ।