पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलनको घोषणा

16.3k Shares

काठमाडौँ -आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।२०७६ साल पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र पोलिटब्यूरो सदस्य माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि सो पार्टीले आन्दोलन घोषणा गरेको जनाएको छ।विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमलाको संज्ञा दिएका छन्।

अदालतको उक्त कदमलाई विप्लवले गैरकानुनी, असभ्य एवं अराजक कार्य भनेर टिप्पणीसमेत गरेका छन्। सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनको भनाई छ।

राज्यका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले गैरकानुनी कदम चालेको विप्लभको आरोप छ।
शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको टिप्पणीसमेत उनले गरेका छन्।काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी सोमबार जारी भएको छ। विप्लवले अदालतको उक्त कदमविरुद्ध मंगलबार साँझ देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेका छन्।

 

सम्बन्धित समाचार