सुनको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेछ ?

4.5k Shares

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य दुईहजारले बढेर ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी यही मूल्यमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार