बसमा तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

19.2k Shares

मोरङ । यात्रुबाहक बस जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्‍चरेका गोकुल भण्डारी, जीवन थापा, अनमोल राई, आयुस रिजाल  र मोहन कुमार मगर रहेका छन् । मोरङ प्रहरीका अनुसार जेठ २५ गते दिउँसो उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ०१–०१–०१३ प २३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

घटनामा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नम्बर २ का  पवन सुबेदीको मृत्यु भएको थियो ।  घटनापछि अभियुक्तहरुले बसमा तोडफोड एवं आगजनी गरेको थिए । अभियुक्तहरुलाई आपराधिक उपद्रव कसूरमा  मोरङ जिल्ला अदालतबाट दिन ७ म्याद थप भई  अनुसन्धानको कार्य भई रहेको जनाइएको छ ।

सम्बन्धित समाचार