21.3k
Shares
ललितपुर । सुमेरु अस्पताल धापाखेल र मदिरा व्यवसायी संघ ललितपुरबीच सम्झौता भएको छ । अस्पतालमा उपचारार्थ आउने मदिरा व्यवसायी संघका सदस्यहरुलाई छुटसहितको बुधबार सम्झौता भएको हो ।
सुमेरु अस्पताल धापाखेलका हस्पिटल निर्देशक दिलिप डंगोल र मदिरा व्यवसायी संघका अध्यक्ष उमेन्द्र लाखे तथा अस्पतालका अन्य पदाधिकारीहरुबीच सम्झौता भएको हो । सो सम्झौता भएपछि अस्पतालमा उपचारार्थ आउने मदिरा व्यवसायी संघसँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई १५ प्रतिशत विशेष छुट पाउने सुविधा दिएको अस्पतालका निर्देशक डंगोलले जानकारी गराउनुभएको छ ।