अब मेशिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

18k Shares

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेशिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।

आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद रकम हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु-पेको किअस्क मेशिनको उद्घाटन गरेका हुन् ।

एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेशिनको जडान गरेको बताए । उनले अब बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने बताए ।

प्रभु-पेका अध्यक्ष कुसुम लामाले मेशिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढी लाभान्वित हुने बताइन् ।

सम्बन्धित समाचार