20.2k
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो ।
जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन । २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ ।