6.1k
Shares
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाण्डाैमा रहेको घरको गेटमा तोडफोड भएको छ । गएराति नचिनेका मानिसको समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर काठमाण्डौका डीएसपी कौशल बुढाथोकीले जानकारी दिनुभयो ।
चोरले गेट फुटाएको हुनसक्ने आशंका भए पनि घर भित्र चोरी नभएको देखिएको गौशला प्रहरी वृत्तले जनाएको छ । झापा–५ बाट चुनावका लागि उम्मेदवार बन्नुभएका बालेन अहिले चुनावी प्रचारका लागि पश्चिम पुग्नुभएको छ ।