काठमाडाैँ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा अहिलेसम्मकै वृहत् सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । पुष १४ गते आइतबारको दिन पारी परमेश्वरको मण्डली विश्व सुसमाचार समाज चन्द्रपुर मण्डली र मधेस प्रदेसका सिन्धुली,बर्दिबास हरिवन,सिमरा बिरगञ्ज हेटौँडा,बस्तिपुर मण्डलीका हजारौँ सदस्यहरूको एकतामा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ आशाको वन अभियान अन्तर्रगत ‘अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ को अवसर पारी चन्द्रपुरको बनक्षेत्रदेखी करिब ३ किलाेिमिटर बजारचोकसम्म सामूहिक सरसफाइ सम्पन्न भएकाे हाे।
परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रसंघद्वारा तोकिएको ‘अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ मनाउन यो कार्यक्रमको आयोजना गरिएकाे थियाे । अभियानहरूमा वृक्षारोपण र वन सरसफाइमा केन्द्रित रहेको ‘आशाको वन’ अभियान र कार्बन न्यूनीकरणलाई दैनिक जीवनको एक हिस्सा बनाउन प्रवर्धन गर्ने ‘३६५ आशाको पाइला’ अभियान समावेश छन् ।
कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालीकाका मेयर श्री सञ्जय कुमार काफ्लेले सबै धर्म,जात, संस्कृति पालन गर्ने समाजका सबै नागरिकले मानब हितको निम्ति सरसफाइ सम्बन्धि यस किसिमको कार्यक्रमले वातावरण स्वच्छ हुने बताउदै यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै यस प्रकारको कार्यक्रमलाई नगरपालिकको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने कुरामा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
वनहरू मूल्यवान स्रोतहरू हुन्, जसले हामीलाई स्वच्छ हावा प्रदान गर्छ र कार्बन अवशोषित गर्छ । तर, मरुभूमिकरण र वन डढेलो जस्ता कारणले वन लोप भइरहेको छ । यूरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रका अनुसार अहिले विश्वको ७५% भू-भागमा मरुभूमिकरण भइरहेको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP)ले सन् २००२ देखि २०१६ सम्म ४२ करोड ३० लाख हेक्टर वन डढेलोबाट नष्ट भएको रिपोर्ट गरेको छ । यो संयुक्त राज्य अमेरिकाको टेक्सासको आकारको लगभग ६ गुणा बराबर छ ।
१७५ वटा देशका ७,८०० वटाभन्दा बढी क्षेत्रहरूमा स्थापित भएको, अनि ३७ लाख जना जति सदस्यहरू आबद्ध यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, उद्धार, शैक्षिक सहयोग जस्ता स्वयंसेवाका गतिविधिहरू २९,००० पटकभन्दा बढी गर्दैआएको छ । यसले नेपाल देशभित्र अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा कोशी प्रदेश दमकको श्री जनचेतना आधारभूत विद्यालयलाई १०० वटा स्कुल झोला वितरण गरेको थियो । साथै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा पनि शैक्षिक प्रयोजनका कम्प्युटर वितरण, वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण आदिद्वारा आशा बाँड्ने कार्य गर्दै आएको छ । सन् २०१५ मा महाभूकम्प जाँदा परमेश्वरको मण्डलीले ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धार कार्यमा कडा प्रयत्न गर्दै हिमालयको उच्च पहाडी गाउँमा भएका १,००० घर परिवारका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न आपूर्ति गरेको थियो। साथै २ ठाउँका प्राथमिक विद्यालयहरूमा कक्षाकोठा पुनर्निर्माण गर्ने कार्य समेत गरिसकेकाे छ ।
परमेश्वरको मण्डलीले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी गरेर विभिन्न निकाय तथा संघ-संस्थाहरूबाट प्रशंसा-पत्र र कदर–पत्रहरू प्राप्त गरेको छ । मण्डलीले विश्वव्यापी रूपमा, कोरियाको ३ वटा सरकारबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट पदक, ब्राजिलको विधायिकी पदक आदि प्रत्येक देशका सरकार र निकायहरूबाट ४,८०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरिसकेकाे छ ।