जमलमा सवारी साधन दुर्घटना र आगजनी

6.7k Shares

काठमाडौ। काठमाडौंको जमलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर आगजनी भएको छ ।

दुर्घटनामा परेर एक जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताएका छन् ।

तीनवटा सवारी एक आपसमा ठोक्किएर केहीबेर अघि दुर्घटना भएको थियो,’ एसपी भट्टराईले भने, ‘मोटरसाइकलमा आगलागी भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।'

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ । 1769519966362.jpg1769519971038.jpg

सम्बन्धित समाचार