16.7k
Shares
काठमाडौं । चेल्सीले बुधबार राति लिग कप सेमिफाइनलको पहिलो लेगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै चेल्सीले लिग कपको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा काई हाभार्टजको गोलबाट पाँचौं मिनेटमै अग्रता लिएको थियो । ३४औं मिनेटमा बेन ड्याभिसको आत्मघाती गोलबाट चेल्सीले अग्रता दोब्बर बनायो । त्यही दुई गोल चेल्सीको जितमा निर्णायक बन्यो ।
चेल्सीका रोमेलु लुकाकु, हाकिम जियाच र टिमो वेर्नरले प्रयासलाई टोटनहमका गोलकिपर ह्युगो लोरिसले विफल बनाइदिएका थिए । त्यस्तै टोटनहमका ह्यारी केनले फ्रीकिक चेल्सीका गोलकिपर केपाले बचाएका थिए ।
चेल्सीले अब दोस्रो लेग १२ जनवरीमा टोटनहमको घरेलु मैदानमा खेल्नेछ ।