22.3k
Shares
काठमाडौं । काठमाडौंको दरबारमार्गमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना घाइते भएका छन् ।
मोटरसाइकल चालक रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २३ वर्षीय सुजन बस्नेत, मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय सरोज खाती र दोलखाकी २५ वर्षीया बबिता बस्नेत घाइते भएका हुन् ।
महाकांलस्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये बस्नेत र खातीको अवस्था गम्भीर रहेको जनाइएको छ ।