सामसङ इनोभेसन क्याम्पसद्वारा एआई र बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ पुस्तालाई डिजिटल सीपमा जोड

4.9k Shares

काठमाडौँ – सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन गरेको ‘एआई तथा बिग डेटा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

पुल्चोक क्याम्पसमा आयोजित एक विशेष समारोहका बीच स्नातक भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै ‘कोडिङ तथा प्रोग्रामिङ’ को नयाँ ब्याचको समेत शुभारम्भ गरिएको छ।

सामसङको विश्वव्यापी सीएसआर दृष्टिकोण “Together for Tomorrow! Enabling People” अन्तर्गत सञ्चालित यस कार्यक्रमले युवाहरूलाई भविष्यका लागि आवश्यक प्राविधिक सीपहरू प्रदान गर्दै आएको छ।

यस पाठ्यक्रममा विद्यार्थीहरूले एआई, बिग डेटा, र आईओटी (IoT) जस्ता अत्याधुनिक प्रविधिको व्यवहारिक प्रयोगका साथै सफ्ट स्किल्स, समस्या समाधान क्षमता र सिर्जनशीलताको तालिम प्राप्त गर्छन्।

समारोहमा सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर श्री चाङ उक जङले भन्नुभयो, “हामी युवाहरूलाई नेपालको डिजिटल भविष्यको मुख्य चालक मान्छौँ। उनीहरूलाई उच्च प्रविधियुक्त सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो।”

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग के.सी. र इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. सुशील बी. बज्राचार्य लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपालमा सशक्त डिजिटल इकोसिस्टम निर्माण गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।

यस पहलले नेपाली युवाहरूलाई विश्वव्यापी प्रविधि बजारमा प्रतिस्पर्धा गर्न र मुलुकको डिजिटल अर्थतन्त्रमा योगदान दिन सक्षम बनाउने आयोजकको उद्देश्य छ।

सम्बन्धित समाचार