रिहाई प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

4.3k Shares

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि रुपन्देही प्रस्थान गरेका छन्।

पार्टी स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जाने कार्यक्रम तय भएको हो।

रिहाईसम्बन्धी आवश्यक कागजात र प्रक्रिया त्यहीँबाट अघि बढाइने जनाइएको छ।

पूर्जी लिएपछि रवि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।-ddcfebc6-1fcd-4dcb-b89a-aab1ea8b6222.png

सम्बन्धित समाचार