काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंसिर २९ गते सोमबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको कांग्रेसका मुख्य सविच कृष्णप्रसाद पौडेलले जनाएका छन् । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।
मुख्य सचिव पौडेलले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’