एकनाले भरुवा बन्दुक बरामद

3.1k Shares

कैलाली– भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार