4.2k
Shares
काठमाडौँ– नेपाली र भारतीय सेनाबीच संयुक्तरुपमा हुँदै आएको सूर्य कीरण अभ्यासको १९ औँ संस्करण सम्पन्न भएको छ।
भारतको पिथौरागढमा मंसिर ९ गतेदेखि सञ्चालित अभ्यास मंसिर २२ गते सम्पन्न भएको हो। यो अभ्यास २०६७सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ।
अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू गरिन्छ।