तनहुँ । अहेारात्र खटिने सुरक्षा निकायका तल्लो तहका सुरक्षाकर्मीले राम्रो खाना नपाए पछि कति चित्त दुखाउलान , तिनको अात्माले कति सराप देला कल्पना गर्न सकिन्न । जाेतिएर डियुटीमा खटिनुपर्ने तर खाना भने अति निम्नस्तरकाे । यस्तै दुख पीडा , दुखेसो र गुनासो पाेखेका छन् सशस्त्र प्रहरी बलकाे २३ नम्बर मनकामना गण भांनु तनहुँका सिपाही हवल्दारले । नगरून पनि किन सशस्त्र प्रहरीको सबैभन्दा कमसल खाना ख्वाउने गण नै भानु हो भन्ने उनीहरूले थाहा र बुझीसकेका रहेछन् ।राशनकाे रकम कम भयो भनेर सरकारले यस अार्थिक बर्षदेखि १५ प्रतिशत थप गरिदिएसंगै अब प्रत्येक सुरक्षाकर्मीले राशन बापत झण्डै ७३०० रूपैयाँ मासिक रूपमा प्राप्त गर्छन्् । तर सशस्त्र प्रहरीको भानु स्थित मनकामना गणका गणपति एसपी संजय भट्टराईका लागि भने सरकारले उक्त रकम थपिदिए पछि थप अाम्दानीकाे स्रोत बनेको छ। सशस्त्र प्रहरीका हरेक गणमा जस्तै यहाँ पनि ६२५ दरबन्दी भए पनि २३ नम्बर गणमा भने ३३० जना जति मात्रै छन् । त्यसमध्ये पूर्वाे नवलपरासीकाे चाेरमारा स्थित बेशमा निरीक्षक सहित १५ जना जाने गर्छन् । बाकी करिव ८० जना जति गणमा राखेर बाकी २०० जना सधै बिदामा छाेड्ने गरिएको छ। पुगनपुग गणमा ८० जना भन्दा बढी कहिल्यै नहुने गणका एक निरीक्षकले बताए । उनलेे भने , यो गण मातहत कुनै बिअाेपी छैन । बेश चाेरमारामा एउटा छ। बेशमा १५ जना हुन्छन् त्यसमध्ये पनि निरीक्षकले १० जना राखेर पाँच जना बिदा छाेड्छन र त्यसबापतकाे रकम पनि गणपति भट्टराईलाई मासिक रूपमा बुझाउनुपर्छ। गण भित्रकाे कुरा गर्ने हो भने दिनमा तीनवटा र रातिमा पाँच वटा पाेष्ट छन् ।
पुरानो राशन बापतकाे रकमको हिसाब गर्दा पनि दुई सय जना बिदा छाेड्दा १० लाख ८० हजार र अहिलेकाे थप समेतको हिसाबले मासिक न्युनतम १४ लाख रूपैयाँ मनकामना गणका गणपति संजय भट्टराईले कमाउने रहेछन् । एसपी भट्टराईले अाफुले भनेको नमान्ने काेर्ट माष्टर भए बारम्बार परिवर्तन गरिरहन्छन । अहिले कुमाल थरका काेर्ट छन् । जसले खानामा गुनासो गर्छ उसले चाेरमारा बेश वा तालिममा लखेट्नु पर्छ। सिपाही हवल्दारकाे एउटै अावाज छ , मनकामना गण भांनुमा जस्तो निम्नस्तरकाे खाना सशस्त्रको कुनै युनिटमा छैन हाेला । यहाँको खाना देखेर रून मन लाग्छ ।यस्तै भएर पहिले सशस्त्रका गणमा सिपाही बिद्रोह भएको रहेछ राशनकै कारण ।