खाद्य विभागद्वारा महालक्ष्मी दालमोठ उद्योग सील, १०२ बोरा दालमोठ स्टक रोक्का

6.1k Shares

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत मंसिर ५ गते काठमाडौँ उपत्यकाभित्रका विभिन्न खाद्य उत्पादन तथा बिक्री वितरण स्थलहरूको निरीक्षण तथा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा महालक्ष्मी दालमोठ उद्योग, चन्द्रागिरी–१२, काठमाडौँमा गम्भीर स्वच्छता समस्या भेटिएको विभागले जनाएको छ ।  WhatsApp-Image-2025-11-25-at-20.09.28-1536x1152.jpeg विभागका अनुसार उद्योगको बाहिरी परिसरको सरसफाइ सन्तोषजनक नरहेको पाइयो भने उद्योगभित्रको उत्पादन तथा प्रशोधन क्षेत्र अत्यन्तै खराब अवस्थामा रहेको पुष्टि भएको छ । भुइँ, भित्त्ता तथा छानो फोहोर र खुल्ला अवस्थामा देखिएका कारण उद्योग परिसरमा स्वच्छता जोखिम उच्च रहेको विभागले जनाएको छ । WhatsApp-Image-2025-11-25-at-20.09.30-1-1536x1152.jpeg सोही क्रममा उद्योगमा भण्डारण तथा व्यवस्थापन प्रणालीसमेत अव्यवस्थित रहेको, कामदारको व्यक्तिगत सरसफाइ समुचित नरहेको र पेष्ट कन्ट्रोलको व्यवस्था पनि असन्तोषजनक अवस्थामा भएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । साथै उद्योग परिसरमा अजनता ब्राण्डको फुड कलर फेला परेको र सो रंग दालमोठ फ्राई गर्नुअघि प्रयोग गरिने गरेको पाइएको विभागले जनाएको छ। WhatsApp-Image-2025-11-25-at-20.09.34-1536x1152.jpeg अनुगमनका क्रममा १०२ बोरा (२५ पाकेट × ६०० ग्राम) दालमोठ उद्योगकै जिम्मामा राखी हाललाई स्टक रोक्का गरिएको छ । गम्भीर अनियमितता भेटिएकाले अर्को व्यवस्था नभएसम्म उद्योगबाट हुने सम्पूर्ण बिक्री वितरण रोक्का गरिनुका साथै उत्पादन कार्य तत्काल प्रभावबाट बन्द गरिएको विभागले जानकारी दिएको छ । यससँगै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार