सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

4.7k Shares

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुन चाँदीको मूल्य बढेको छ ।

तोलामा २ हजार २०० रुपैयाँ बढेर आज २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।  

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ । 

सम्बन्धित समाचार