सेन्ट्रल जोन भलिबलमा नेपालले दोहोर्‍यायो इतिहास

17.7k Shares

नेपाली राष्टिय महिला भलिबल टोलीले एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि रक्षा गर्दै इतिहास दोहोर्याएको छ। 

सेन्ट्रल जोनमा उत्कृष्ट प्रर्दशन गर्दै महिला टोलीले उज्बेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै इतिहास रचेको हो । 

बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नवप्रवेशी टोली उज्बेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले उज्बेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ ले जित निकालेको हो ।

पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो । यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । 

दोस्रो सेटमा सुरुवातबाट नै पछि परेको नेपाल २४–२४ को अवस्थामा थियो । दोस्रो सेट नेपालले २६–२४ ले गुमायो । 

तेस्रो सेटमा एक समय १०–११ ले पछि परेको नेपालले अग्रता बनाउँदै खेललाई १८–११ को अवस्थामा ल्यायो। उत्कृष्ट प्रर्दशन गरेको नेपालले तेस्रो सेट २५–१५ ले जित्यो। चौथो सेट २५–२२ ले गुमाउन पुग्यो । 

राउण्ड रोविनको खेलमा नेपालले उज्बेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । 

नेपालले सन् २०१९ मा बंगलादेशमा भएको पहिलो संस्क्रणमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि उचालेको थियो । 

गत संस्करण एक सेट पनि नगुमाई च्याम्पियन बनेको नेपाली टोलीले यो संस्करण राउन्ड रोविनको पाँच खेलमा १७ सेट खेल्दा दुई सेट गुमाएको थियो । 

श्रीलंकासँग ३–२ को जित निकालेको थियो। यो पटक नेपालले श्रीलंकासँग मात्र दुई सेट गुमाएको हो । 

२०७६ को कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेर फर्किएको महिला टोलीले मंसिरमा स्वदेशमा भएको १३ औँ सागमा रजत पदक जितेको थियो। साग इतिहासमा नेपालले रजत जितेको त्यो नै पहिलो पटक थियो। 

कोरोना महामारीको कारण दुई वर्ष अन्तराष्टि भलिबल खेल्न नपाएको महिला टोली छोटो तयारीमा बंगलादेश पुगेको थियो । 

महिला टोलीले सागका तीन संस्करण (सन् १९९९, २००६ र २०१६) मा कास्य पदक जितेको थियो। राष्ट्रिय खेल घोषणा भएपछि महिला टोलीको सफलता अझै चुलियो। 

महिला टोली :

प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, सलिना श्रेष्ठ, शान्ति थारु, उषा भण्डारी, सोफिया पुन, कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा चौधरी र लक्ष्मी चन्द

सम्बन्धित समाचार