काठमाडौं। जेन्जी आन्दोलनको क्रममा सिंहदरबार जलेर ध्वस्त भएपनि चर्चित क्रिष्टल घडी लगायत सम्पत्ति जोगिएको छ । ती सम्पत्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखेकोले जोगिएको हो ।
एसियाकै सबैभन्दा भब्य र ठुलो दरबार ०७२ सालको भूकम्पले ध्वस्त भएको थियो । त्यसबेला सिंहदरबारका सबै ऐतिहासिक सामाग्री पुरिएका थिए । एक दशकपछि ०८२ भदौ २४ गते आन्दोलनकारीले मुलुकको प्रशासनिक भवन जलाएर ध्वस्त पारे ।
सिंहदरबार जल्दा सबै सामाग्री ध्वस्त भए भने चार सामग्री संग्रहालयमा भएकोले जोगियो । भूकम्प गएको एकदशकपछि ०८२ सालमा सिंहदरबार पुनःनिर्माण सम्पन्न भयो । सिंहदरबार बनेको केही महिनापछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रम कार्यालयसंग सम्बन्धीत कार्यालय सिंहदबारमा सरेको थियो ।
जेन्जी आन्दोलनबाट ध्वस्त सिहदरबार अब अस्तित्व जोगाउन समस्या भएको छ । सिंहदरबार त बन्ला तर त्यहाँका सयौवर्ष पुराना एतिहासिक सम्पत्ति कहिल्यै पाईदैन,जलेरनष्ट भएको छ–पुरातत्त्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङले भन्नुभयो ।
‘सबै सामान नष्ट भएपनि बेलायती महारानी एलिजावेथले तत्कालिन राणा प्रधानमन्त्रीलाई उपहार दिएको भनिएको क्रिष्टल घडी, लाफिङ ग्लास, दुईवटा ऐना र सिंहासन जोगिएको छ’–राष्ट्रिय संग्रहालयका छाउनीका प्रमुख अरुणा नकर्मीले भन्नुभयो । उहाले प्रदर्शनीमा आउने दर्शकलाई ती सामाग्री हेरेर सिहदरबारको सामाग्रीको सम्झना मेटाउनेछन् भन्नुभयो ।
पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालको कार्यकालमा ती सामाग्री छाउनी संग्रहालयमा लगिएको थियो । २०७३-०७४ तिर ती सम्पत्ति संग्रहालयमा प्रदर्शनीको लागि राखिएको हुनसक्छ–पुर्व महानिर्देशक दाहालले भन्नुभयो । त्यतिखेर ती सामाग्री नराखेको भए अहिले सिंहदरबारमा रहेका सामाग्रीको अस्तित्व हुदैनथियो । अहिले ती सम्पत्ति हेर्नासाथ सिंहदरबार सिहदरबारको सम्झना आउने भएको छ ।
संग्रहालयका अधिकृत सुबासकृष्ण डगोलले सिंहदरबारका ती सम्पत्तीले संग्रहालयको सान बढेको छ भन्नुभयो । अब यति नै सामाग्री सिहदरबारको हो भनेर चिन्ने र सोध्नेको संख्या बढ्ने भएको छ–संग्रहालयमा प्रदर्शनीमा राखेका सामाग्री देखाउँदै उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो ।
भुकम्पपछि सिंहदरबारका सामाग्री संग्रहालयमा राख्न सरकारलाई अनुरोध ग¥यौ । लगत्तै सरकारले क्रिष्टल घडी, लाफिङ ग्लास, घडी लैजान अनुमति दियो–पूर्व महानिर्देशक दाहालले भन्नुभयो । विसं २००७ मा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा मुख्य प्रशासनिक कार्यालय थियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडिपट्टिको धेरैजसो भाग नष्ट भएको थियो ।
युरोपेली शैलीमा निर्माण भएको सो भवन चन्द्रशम्सेरको कार्यकालमा करिब ३ वर्ष लगाएर तयार पारिएको निजी महल हो । इन्जिनियर कुमार नरसिंह राणा, किशोर नरसिंह राणाको डिजाईनमा निर्माण भएको थियो । सिंहदरबारमा अधिकांस विलाशिताका सामाग्री बेलायतबाट ल्याइएको थियो ।
रंगिचङगी शिसा र झुम्मर ऐना हरु बेलायतबाट ल्याएर जडान गरिएको थियो । एशियाकै भब्य सिंहदरबारमा करिब १७ सय कोठा थिए । त्यसबेला करिब २५ लाख रुपियाँ खर्चेर निर्माण भएको थियो । हालको मुख्य अनुसार अर्बो रुपियाँ पर्नेछ । बिसं २०३० सालमा आगलागी हुँदा कृत्तिनिधि विष्ट प्रधानमन्त्री थिए ।
आगलागी भएपछि पूर्वप्रम विष्टले नैतिकताको आधारमा राजिनामा दिनुभएको थियो । अहिले पुर्ण खरानीमा परिणत भएको छ । पुनःनिर्माण कहिलेबाट शुरु गर्ने ? भन्ने विषमया सरकार मौन छ । पुरातत्त्व विभागले पुरातात्त्विक शैलीमा पुनपनर्माण गर्न सरकारलाई सिफारिस गरेको छ ।
विभागका महानिर्देशक प्रधानाङगले ध्वस्त सिंहदरबारलाई सुरक्षितरुपमा जोगाउन करिब ८२ लाख लाग्ने अनुमान गर्नुभयो । पुनःनिर्माण गर्न कति लाग्छ ? त्यसको स्टिमेट सरकारले गर्ला, सुरक्षित रुपमा छोपेर राख्न ८२ लाख लाग्नेगरी जिओपोलुसन स्टडी गरी प्रतिवेदन तयार भएको छ–महानिर्देशक प्रधानाङगले भन्नुभयो । विभागले पुरातात्त्विक रुपमै निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।