-आर. बि. बस्नेत ब्रहमश्री मित्र
मानव जीवन बहुआयामिक छ। मानवलाई थाहा छैन मानव जीवनमा अनेकौं आयामहरू सुषुप्त रूपमा यात्रा गरिरहेका हुन्छन्। त्यसैले कोही मानव नेता बन्छ, कोही अभिनेता, कोही साहित्यकार, कोही संगीतकार, कोही व्यापारी, कोही सन्यासी, कोही भगवान्, कोही राक्षस, कोही मानव, कोही दानव, कोही सुन्दर, कोही कुरुप, कोही मौन शान्त, कोही कर्मठ (Dynamic)। यी सबै खाले बहुआयाम कुनै न कुनै रूपमा प्रत्येक मानिसको भित्र मडारिरहेकै हुन्छन्। मानव आफ्नो जन्म, जीवन र मृत्युको क्रममा कुनै एक, दुई वा तीन आयामहरूलाई उजागर गर्दै परिस्कृत गर्दै अगाडि बढ्छ।
एउटा मानव नेता, अभिनेता, कलाकार, साहित्यकार, कवि, वकिल, पत्रकार, व्यापारी, कर्मचारी, धर्मचारी हुँदै एक क्षण बुद्ध सम्बुद्ध हुन पुग्छ। मानिसले यो पृथ्वीमा अवतरण गरेर जेसुकै काम गरे पनि, जेसुकै कर्म गरे पनि जबसम्म ऊ बुद्ध वन्दैन, सम्बुद्ध बन्दैन, तबसम्म ऊ जन्मिन्छ अनेकौं आयामहरूमा कर्म गर्छ, शरीर छोड्छ, पुनः त्यही जन्मिने, ज्यूने र शरीर छोड्ने क्रमको सिलसिला जारी रहन्छ। जब यो प्रक्रियालाई क्रमभंग गर्दै मनुष्य बुद्धत्व प्राप्त गर्छ, त्यहाँ अध्यात्म विज्ञानको जन्म हुन्छ।
जसले बुद्धत्व प्राप्त गर्छ त्यो आध्यात्मिक वैज्ञानिक हो जसद्वारा बताइएका विधिहरू आध्यात्मिक विज्ञान हुन्। आजसम्म यस संसारमा शरीर धारण गरी बुद्धत्व प्राप्त गर्ने सबै आध्यात्मिक वैज्ञानिकहरूको एकमत छ—जबसम्म आध्यात्मिक विज्ञानको समुचित प्रभाव शिक्षामा पर्दैन, तबसम्म शान्त, आनन्दित, प्रशन्न, प्रेमपूर्ण, विवेकपूर्ण, सदाचारी मनुष्यको विकास गर्न सम्भव छैन।
अहिले प्रश्न खडा हुन्छ—आध्यात्मिक विज्ञान के हो? के यो शिक्षा पद्धतिमा समावेश गर्न सम्भव छ? के यो शिक्षा पद्धतिमा समावेश गर्न सम्भव छ? आध्यात्मिक विज्ञान विशुद्ध योग, प्राणायाम र ध्यान हो। हामी सबै खाले विधा—संगीत, खेलकुद, व्यायाम—शिक्षा पद्धतिमा समावेश गर्न सक्छौं भने निस्सन्देह योग, प्राणायाम र ध्यानलाई पनि शैक्षिक सामग्री बनाउन सकिन्छ। यो विशुद्ध आध्यात्मिक विज्ञानले मानिसको केन्द्रलाई जागृत गर्दछ। मानिसको केन्द्र—आत्मा, चैतन्य, ब्रह्म, भगवान, ईश्वर—जबसम्म जाग्दैन, तबसम्म मानिसको मन विकृत (Disorder) रहन्छ।
विकृत मनले जताततै व्यवस्था (Order) सिर्जना गर्ने प्रयास गर्दछ, त्यो कहिल्यै सम्भव छैन। विचारको स्रोत नबुझी विचारलाई उपयोग गर्न खोज्दा संसारमा अनेकौं मतभेदहरू (वादहरू) उत्पन्न भएका छन्। ती मतभेदहरू मानव विनाशको कारण बन्दैछन्। अध्यात्म विज्ञान भन्छ, प्रकृति बदलिन्छ, प्रकृतिले बनेको शरीर बदलिन्छ, मनमा विचारहरू बदलिन्छन्, हृदयमा भावहरू बदलिन्छन्। यो सबै परिवर्तनलाई अवलोकन गर्ने साक्षी स्वरूप ब्रह्म कहिल्यै बदलिदैन भन्ने कुरा नबुझेसम्म, साक्षात्कार नगरेसम्म मानिसले सही जीवन जिउन सक्दैन। प्रेम, आनन्द, शान्ति प्राप्त गर्न सक्दैन।
प्रेम, आनन्द र शान्ति बिना विकासले अन्ततः युद्ध निम्त्याउँछ। किनकि प्रेम, शान्ति र आनन्द बिना मानवले पदार्थको समुचित उपयोग, सदुपयोग र वितरण गर्न सक्दैन। पदार्थको आधारमा मानव जीवनलाई गलत मूल्याङ्कन गर्न खोज्दा वर्ग संघर्ष उत्पन्न हुन्छ। त्यो वर्ग संघर्ष निरन्तर चलिरहन्छ जबसम्म मानिसले आफ्नो केन्द्र, आत्मालाई जान्न आध्यात्मिक विज्ञानको उपयोग गर्दैन। वेद, गीता, उपनिषद्, बाइबल, कुरान, त्रिपिटक—सबै धर्मग्रन्थहरूले मानव केन्द्रको अनुसन्धान गर्ने संकेत गर्दछन्।
यी सबैले वैज्ञानिक कार्यप्रणाली (Methodology) को कुरा गर्छन्। तर हामी वैज्ञानिक कार्यप्रणालीलाई उपयोग नगरी कर्मकाण्डमा अल्झिन्छौं र विवाद गर्छौं, म त भन्दा ठूलो, श्रेष्ठ। जहाँसम्म म र त रहन्छ तबसम्म मनुष्यले कुनै पनि कुरालाई समग्रमा (Wholesome) हेर्न सक्दैन। जबसम्म मनुष्यले पूर्ण वा शून्यमा अवतरण गर्दैन तबसम्म उसले न पदार्थसँग न्यायोचित व्यवहार गर्न सक्छ, न शरीरसँग, न मनसँग, न बुद्धिसँग, न 'भाव'सँग, न आत्मासँग। बहुआयामिक मनुष्य जीवनको मियो ब्रह्म तत्त्वलाई साक्षात्कार नगरेसम्म वाद, विवाद, तर्क, कुतर्क र उल्झनमा सम्पूर्ण जीवन समाप्त हुन्छ, तर जीवनको गुह्य रहस्य, केन्द्रलाई नबुझि जनावरजस्तै जीवन जिएर मानिसको मृत्यु हुन्छ।
अध्यात्म विज्ञान बिनाको शिक्षा चारित्रिक शिक्षा हुन सक्दैन। चारित्रिक शिक्षा विना चारित्रिक चेतनाको (Character Consciousness) विकास सम्भव छैन। चेतना सबैसँग छ — मनुष्य, जनावर—तर चारित्रिक चेतनाको विकास मानिसमा मात्र सम्भव छ। Character Consciousness को अर्थ हो बोधप्राप्त आत्मा (enlightened soul), र बोधप्राप्त आत्मा भनेको सबै अज्ञानताबाट मुक्त आत्मा हो। चारित्रिक शिक्षा र लोकतन्त्र एक अर्काका पूरक हुन्। आध्यात्मिक जागरणविहीन, चारित्रिक चेतनाविहीन मानिसले स्वतन्त्रतालाई अनुशासन र जिम्मेवारीमा परिणत गर्न सक्दैन। अनुशासन र विवेकविना स्वतन्त्रता उदण्डता र उछृङ्खलतामा परिणत हुन्छ, जसले व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरलाई नै खतरा पुर्याउँछ।
किनभने आज हामी ग्लोबल भिलेज (Global Village) मा बसिरहेका छौं। विज्ञान र प्रविधिको विकास, विशेष गरी सञ्चार प्रविधिमा भएको प्रगतिले पृथ्वीलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ। यो सानो गाउँलाई सुन्दर, शान्त, विशाल, विकसित, सृजनशील, प्रेमपूर्ण, करुणाशील र व्यवहार कुशल बनाउने काम आध्यात्मिक, वैज्ञानिक बुद्धिमान व्यक्ति, चारित्रिक चेतनाहरू र प्रजातन्त्रवादी सबैको साझा जिम्मेवारी हो।
एक्काइसौं शताब्दी ग्लोबलाइजेशन (Globalization) को शताब्दी हो। आध्यात्मिक, राजनैतिक, आर्थिक, साँस्कृतिक र सामाजिक शक्तिहरूलाई कसरी विश्व मानवताको उत्थानका लागि बढीभन्दा बढी उपयोग गर्न सकिन्छ, शान्तिपूर्ण र सृजनशील विकासका लागि भन्ने कुरामा संसारका प्रबुद्ध वर्गले एक स्वरमा चिन्तन गर्नुपर्ने भएको छ। एक्काइसौं शताब्दीमा विचरण गर्दै गरेको मनुष्यले एक शताब्दीदेखि विसौं शताब्दी देखि विसौं शताब्दीसम्म भएका समग्र घटनाक्रमहरूलाई बहुआयामिक ढंगले विश्लेषण गरी संश्लेषण गर्नु पर्ने भएको छ। ऐतिहासिक समयदेखि विसौं शताब्दीसम्म धेरै महान आध्यात्मिक महापुरुषहरू—जस्तै कपिल, कणाद, कृष्ण, बुद्ध, महावीर, जिसस, मोहम्मद, कविर, नानक, पाइथागोरस, सोक्रेट्स, जर्ज गुरुजी एफ, योगानन्द, विवेकानन्द, ओशोरजनीश, महेश योगी, रमण महर्षि, जे कृष्णमूर्ति, मार्टिन लुथर किङ्ग, साई बाबा, मुन, स्वामी सच्चिदानन्द विशुद्धदेव—जस्ता महान आध्यात्मिक वैज्ञानिकहरू जन्मिएका छन्।
म्याक्समुलर, मन्टेस्क्यू, सोपेनहावर, कार्ल मार्क्स, लेनिन, एङ्गेल्स, इमानुएल कान्ट, माओत्सेतुङ्ग, हिगेल, प्लेटो, अरिष्टोटल, बर्ट्रान्ड रसेल, वेकन जस्ता महान दार्शनिकहरू जन्मिएका छन्। फ्रायड, जुङ्ग, एड्लर, फ्रोज, फ्रिज, विलियम रैंक, अब्राहाम मासलोभ, पि.डी. ओस्पेन्सीक जस्ता मनोवैज्ञानिकहरू जन्मिएका छन्।
शेक्सपियर, जर्ज बर्नार्ड शा, गेटे, रवीन्द्रनाथ टैगोर, वच्चन राय, मिल्टन, विलियम ब्ल्याक, सेली, किट्स, वायर्न, लक्ष्मीप्रसाद देवकोटा, सम, तसलीमा नसरीन जस्ता साहित्यकारहरू जन्मिएका छन्। बिथोभेन, मोजार्ट, भिन्सेन्ट भ्यान गग, पिकासो, निजिन्स्की जस्ता मूर्तिकार र चित्रकारहरू जन्मिएका छन्। सोरेन किर्केगार्ड, काम, काफ्का, मासेल, ज्यापाल जस्ता अस्तित्ववादीहरू जन्मिएका छन्।
एडिसन, न्युटन, एडिटन, अल्बर्ट आइन्स्टाइन, न्याक्स पलाइ, ग्यालिलियो, म्याडम क्यूरी, कपरनिकस, स्टेफन हकिंग्स, टोनी नेडर जस्ता वैज्ञानिकहरू जन्मिएका छन्। जोहान हेगलेन, जर्ज वाशिङ्टन, पृथ्वीनारायण शाह, महात्मा गान्धी, अब्राहम लिंकन, बिल क्लिन्टन, मिखाइल गोर्भाचोभ, बोरिस येल्तसिन, मार्गरेट थ्याचर, जवाहरलाल नेहरू, आङ साङ सुकी, नेल्सन मन्डेला, बी.पी. कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, जी.पी. कोइराला जस्ता राजनेता जन्मिएका छन्। कुरालाई बुझ्छ तब एउटा असल, शान्त, सरल मानिस बन्ने क्रम शुरु हुन्छ। त्यो मानिस राष्ट्रको नाममा, धर्मको नाममा, जाति, सम्प्रदाय, भाषा, भेषभूषाको आधारमा लडाईं, झगडा, युद्ध गर्न कदापी तयार हुँदैन। धर्मको नाममा मतान्धता, शिक्षाको नाममा मतान्धता, प्रजातन्त्रको नाममा मतान्धता, राष्ट्रियताको नाममा मतान्धता, भाषा, संस्कृति, सम्प्रदायको नाममा मतान्धता। मानिस मानिसताको समूल विनाश गर्न उद्धत छ।
आज यो पृथ्वी जलवायु परिवर्तन (Climate Change) को मारबाट ग्रसित छ। ठूला शक्तिशाली राष्ट्रहरूले आफ्नो आर्थिक साम्राज्यलाई फलाउन फुलाउन समग्र पृथ्वी र मानिसतालाई समाप्त गर्न सक्ने जलवायु परिवर्तनका दुष्परिणामहरूलाई नजरअन्दाज गरिरहेका छन्। यसबाट प्रमाणित हुन्छ मानिस राजा, राष्ट्रपति, प्रधानमन्त्री हुँदैमा वाह्यरूपमा शक्तिशाली हुँदैमा ऊ ठीक मानिस हुँदैन। आज पर्यावरणीय प्रदूषण अकल्पनीय रूपमा बढेको छ। मानिसको आन्तरिक पर्यावरण क्षतविक्षत भएको छ भने वाह्य पर्यावरण पनि व्यवस्थापन गर्न नसकिने हदसम्म बिग्रिएको छ।
ग्रीनहाउस ग्यास (Greenhouse Gas), उत्सर्जन (Emission), ग्लोबल वार्मिङ (Global Warming) ले गर्दा आज कहिल्यै नपग्लिने आर्कटिक बरफ (Arctic Ice) पग्लिरहेको छ। समुद्री सतहहरू बढिरहेका छन्। ओजोन तह (Ozone layer) मा प्वाल परिरहेको छ। सूर्यबाट पृथ्वीमा आइरहेको अल्ट्रावायोलेट किरण (Ultraviolet Ray) ले अनेकौं प्रकारका रोगव्याधीहरू फैलिरहेका छन्। पृथ्वीमा जनसंख्याको चाप बढिरहेको छ। मानिसले प्राप्त गर्ने प्रथम ऊर्जा स्रोत सूर्य किरण प्रदूषित छ। दोस्रो ऊर्जा स्रोत हावा प्रदूषित छ। तेस्रो ऊर्जा स्रोत पानी प्रदूषित छ। चौथो ऊर्जा स्रोत खाद्यान्न प्रदूषित छ। अब कसरी मानिसको शरीर, मन, भावना अप्रदूषित रहन सक्छ? यो आज सामान्य मानिसले पनि बुझ्ने कुरा हो।
आजको मानिसलाई हिंसा, काटमार, हत्या, चोरी, बलात्कार, डकैती, आतंककारी बनाउन आन्तरिक वातावरण र बाह्य वातावरण दुवै सहयोगी बन्दैछन्। मानिसको भित्र अजर, अमर, शाश्वत, सनातन, नित्य नूतन सच्चिदानन्द स्वरूप परम आनन्द स्वरूप चैतन्य आत्मा (United field of all the laws of nature) छ भनेर चेताउन खोज्ने सबै महामानवहरू आजको मनुष्यको नजरमा पागल ठहरिन्छन्। जसरी बादलले सूर्यलाई आच्छादित गरी प्रकाशलाई रोक्छ, त्यसै गरी प्रदूषित शरीर, मन, विचार र भावनाले विशुद्ध आत्मालाई आच्छादित गरिरहेको छ।
त्यसैले आज मानिस पृथ्वी र समग्र मानवतालाई तीस हजार पटक समाप्त गर्न सक्ने विश्व विनाशकारी हतियारहरू: एटम बम, हाइड्रोजन बम, न्यूटन बम, जैविक तथा रासायनिक हतियार लिएर अध्यात्मिक, शैक्षिक विकास, प्रजातान्त्रिक विकास, राष्ट्रियता, शान्ति र मानवताको कुरा उठिरहेको छ। यो पूर्ण वेहोशी बाहेक अरु केही होइन। अब विचार गरौं एक पटक समग्र मानवतालाई पृथ्वीबाट हटाएर बिना बाह्य जगत्मा क्रम (Order) मिलाउन खोज्दा अथवा चिन्तन गरौं। राष्ट्रियता, प्रजातन्त्र, विज्ञान, विकास, अव्यवस्थित मनबाट (Disorder Mind) क्रम पैदा गर्न खोज्दा सबै मानवतावादको जननी को हो? मानव चैतन्य। खालका दुर्घटना हुनेछन्। अन्तमा यो सुन्दर पृथ्वी, चैतन्य सबै विचार र भावनाको केन्द्रविन्दु हो। मानवता, हरियाली, वनस्पति (Flora), जीवजन्तु (Fauna) अर्थात् जैव विविधता (Biodiversity) आध्यात्मिक जागरण बिना विचारको उपयोग गर्ने आतंककारीहरूले प्रयोग गर्ने परमाणु (Atom), हाइड्रोजन (Hydrogen), न्यूक्लियर (Nuclear), जैविक (Biological) र रासायनिक (Chemical) हतियार प्रयास गर्दा ठूलो दुर्घटना भइरहेछ। जबसम्म मानिसले विचारको स्रोतलाई बुझ्दैन, विचार नै मानिसको चपेटामा पर्नेछ। त्यो आतंककारी ओसामा सबैभन्दा ठूलो शत्रु हो। विचारको स्रोतलाई बुझ्यो भने विनलादेन जस्तो सामान्य आतंककारी होस् वा कुनै पनि होस्, सबै विचारहरू सुन्दर र उपयोगी वस्तु हुन्। ती वस्तु पुस्तकमा छन् तर त्यहाँ चैतन्य छैन। विचार कम्प्युटरमा छन् तर त्यहाँ पनि चैतन्य छैन। शक्तिशाली राष्ट्रको राष्ट्रपति वा प्रधानमन्त्री पनि हुन सक्छन्। के कसैले ठोकेर भन्न सक्छ, स्टालिन, माओत्सेतुङ्ग, तैमुरलेन, नादिर शाह, इयानद, मुसोलिनी राष्ट्रवाद, धर्मवाद, जातिवाद, राजनीतिवाद जस्ता सबै वादहरू चैतन्य केन्द्रबाट सृजित हुन्। चैतन्यलाई प्रधानमन्त्री हुन सक्दैन भनेर भन्न असम्भव छ। अतः समयमै कुनै परमाणु बमले समाप्त गर्न सक्दैन भन्ने आध्यात्मिक विज्ञान (Spiritual Science) लाई विश्वव्यापी (Globalize) गरेर योगखालका वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन्। तर ध्यान र संगीतको माध्यमबाट मानवतालाई १००% आन्तरिक र १००% बाह्य रूपमा विकसित गर्न सकिन्छ। मानिसले मानिसलाई दुःख दिने, आतंकित पार्ने, धर्म, राष्ट्र, राजनीति या कुनै वादको नाममा विभाजित गर्ने प्रवृत्ति अन्त्य गर्न सकिन्छ।