- डी. बी. नेपाली
७.बाँकी
ग्रेटर नेपालकाे इतिहास,या एकिकरण पछिकाे नेपालकाे इतिहास देखि वर्तमान खुम्चाइएकाे,चाेक्टा पारेर लुछेर खाने अहिलेकाे राष्ट्रिय गानले सिमा काेरेकाे नेपालकाे इतिहाँस नेपाली इतिहासकार, लेखक, गायक, कवि, कलाकार सबैले बिदेशीहरुले शाेध खाेज गरेर मिलेर एकजुट भएर बसेका नेपालीहरुमा भाँजाे हाल्ने गरि लेखेका पानाहरु घाेकेर उनै बिदेशी राइटरहरुले काेरेका या भनेका कुराहरुले भरिएकाे इतिहास पटकपटक सबैले के दाेहर्याउने,राजा पृथ्वी नारायण शाहकाे नातीहरुकाे पाला देखि षडयन्त्र, शासकीय याेग्यताकाे कमी,विलासिताकाे कारण उनैले ताेकेका भारदार र मन्त्रीहरुले कमजाेर र विलासी राजाहरुलाई रबर स्ट्याम बनाएर या नमाने देश निकाला तथा हत्या षडयन्त्र र जालझेल गरि जसरी पनि सत्ता कब्जा गर्ने केवल एकसुत्रिय शासन प्रणालीकाे थालनी शुरु गरियाे र त्यही मानसिकता अहिलेसम्म परिवर्तनकाे रङ्गिन मुखाैटा ओढेर यथावत छ, शासन चलाउने सत्ताधारी पटकपटक फेरिए पनि सत्ता चलाउने प्रणालीमा कुनै फरक आएकाे देखिन्न ।
हिजाे राजाबाट शासन राणाहरुले अनेक जालझेल र षडयनत्र गरि १०४ बर्षसम्म चलाए भने उनै राणा शासकहरुका आफ्नै दाजुभाइकाे सत्ता कब्जा गर्ने लाेभले हत्या, षडयन्त्र गरी अनेक काण्डहरु गरेर सत्तामा कब्जा गरिराख्ने खेल जारी रहेकै वेला उता ब्रिटिश इण्डियामा ब्रिटिश शासन बिरुद्ध उठेकाे स्तन्त्रता आन्दाेलनले राजतन्त्र र राणातन्त्रकाे जहाँनिया शासनबाट पीडित प्रजातान्त्रिक र गणतान्त्रिक विचार बाेकेका युवाहरुमा नेपालकाे जहाँनिया शासन ढालेर देशकाे काँचुली फेर्ने भनेर संघर्षका याेजनाहरु बनाउन थाले, बिराेधका आवाजहरु उठाउन थाले जहाँनिया राणा शासन बिरुद्ध आवाज उठाउदा झुण्ड्याएर गाेली ठाेकेर मारिएका लखन थापा, शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल आदि र ०४६ काे जनआन्दाेलन अघि मारिएकालाई शहिद घाेषणा गरिएकाे छ भने ०४६ पछि आन्दाेलनकाे क्रममा आफ्नु ज्यान गुमाउनेहरुलाई सहीद भनेर लेख्ने गरेकाे भेटिन्छ । राजा वीरेन्द्रकाे शासन कालमा ०४६ अघि मारिएका कतिपय आन्दाेनकारीहरुले बाेकेकाे विचार भएका दलहरु सत्तामा सहभागी नभएका या नगरिएका पार्टी समर्थकहरुलाई वर्तमानमा देश लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि सहिद घाेषणा गरिएकाे छैन भने अर्काेतिर कुनै सत्तामा पहुँच भएका दलका समर्थकहरु माेटर दुर्घनामा पर्दा पनि सहिद घाेषणा गर्नकाे लागि बन्द हडताल हुने गरेकाे पनि पाइन्छ यसरी वर्माण जेन्जी आन्दाेलनसम्म आइपुग्दा पनि सहिद घाेषणाकाे कुनै मापडण्ड नहुँदा लुटपाटकाे क्रममा दुर्घटनामा परी ज्यान गुमाएकाहरुले समेत क्षतिपूर्ति र सहिदकाे सम्मान पाएकाे इतिहाँसले धर्मभक्त,गंगालाल,दशरथ र शुक्रराजहरुले त ज्यान मात्रै गुमाएनन् उनिहरुलाई त उल्टै जरिवाना र सर्वस्व हरण गरिएकाे थियाे ?
राजा पृथ्वी नारायण पछि शासन सत्ता कसरी चलाए भन्ने कुरा भन्दा पनि राष्ट्रलाई बिदेशी हस्तक्षेपबाट कसरी र कुन राजाले जाेगाए भन्ने कुराले कति ठुलाे महत्व राख्छ र जनताले पनि आफु माथि कस्ताे शासन व्यवस्था थाेपरियाे कति दुख दियाे भन्दा पनि कसले राष्ट्रलाई जाेगायाे त्यसलाई हृदयमा राख्ने रैछ भन्ने कुरा नेपाली जनताले राजा थृथ्वी नारायण, राजा महेन्द्र र राजा वीरेन्द्रलाई बिर्सन नसक्नुकाे कारणले ०७ साल,०४६ साल र ०६४ साल अनि हालै ०८२ काे जेन्जीले गरेकाे आन्दाेलले सफलता हासिल गरे पनि आँखिर देश जाेगाउन राजसंस्था नै चाँहिन्छ भन्ने आवाज आज राजतन्त्र फाल्नु पर्छ भन्ने दलहरु बीच नै उठ्न थालेकाे देखिन्छ । आँखिर परिवर्तन तिमी ०४६ देखि ०८२ सम्म परिवर्तनकारी शक्तिहरुले याे देश र याे देशलाई हाँक्ने शासन प्रणालीलाई चिल , गडुल ,काग र स्याल ,हुँडारले जस्तै सिनाे सम्झेर चाेक्टा चाेक्टा गरी लुछेर मिलेर बाँडेर लुछि खाएकाे मुकदर्शक भएर हेरैकै छाै । ०७ सालमा आफ्नु ज्यान जाेगाउन र सत्ता जाेगाउन दाेस्राे राष्ट्रसंग हार गुहारकाे उपहार नेपालमा प्रजातन्त्र स्थापनाकाे बहानामा त्याे देशकाे एउटा उपसचिव नेपालमा राजा सहितकाे प्रजातन्त्र हाँक्ने ड्राइवर भएर नेपालकाे शासन सत्ता ०१७ सालसम्म हाँकेकाे परिवर्तन तिमिले हेरेर बसेकै हाे । ०१७ सालदेखि ०४६ सम्मकाे शासन पनि परिवर्तन तिमीले हेरेकै हाे भने ०४६ काे आन्दाेलनकाे स्वरुप ०७ सालकाे जस्तै नभए पनि त्याे आन्दाेलन र परिवर्तनमा कतै न कतै अर्ध पर्त्येक्ष रुपमा ०७ सालमा सत्ता परिवर्तन गराउन मुख्य भूमिका निभाउने शक्तिकाे उपस्थिति या सहयाेग रहेकाे परिवर्तन तिमीले अनुभव गरेर पनि चुप लागि बसेकै हाे । ०४६ मा नेपालकाे शासन प्रणाली परिवर्तन गरेर पनि साेचे जस्ताे नभए पछि कथित जनयुद्धकाे नाममा याे शान्तिप्रिय राष्ट्रमा हत्या लुट उद्याेगहरु र यातायात जस्ता आम नागरिकलाई राेजगारी तथा आवत जावतमा सहयाेग पुर्याउने अति आवश्यक राष्ट्रकाे विकास र जनतालाई राेजगारी दिने संस्थाहरु विध्वंश पारेर जनतालाई राेजगारी खाेज्न बिदेश बाध्य बनाएकाे परिवर्तन तिमी हेरी बसेकै हाे ।
राष्ट्रकाे सम्पत्ति ध्वस्त पार्नु, कलकारखाना बन्द गर्नु, आफ्नु परिवारलाई राम्राेसंग पाल्न पनि काला पहाडका कुल्ली ,शहरका गल्लीमा डण्डा र सिट्टी बजाउन बाध्य समाजले आफैले निर्माण गरेकाे जात पातकाे आधारमा सामन्तकाे ट्याग लगाएर निर्मम हत्या गर्नुलाई परिवर्तन भनेर परिवर्तन १० बर्षसम्म तिमी हेरेर बसिरह्याै । राष्ट्रलाई माया गर्ने र जनताले चाहेकाे व्यवस्था स्वीकार गरेर पावरलेस भई शान्त बसेकाे राजाकाे वंश नाश गर्दा पनि परिवर्तन तिमी हेरी बस्याै । राजा ज्ञानेन्द्रले फेरी सत्ता आफै चलाउदा पनि परिवर्तन तिमी हेररै बस्याै । फेरी तेस्राे पटक पनि उसै बाह्य शक्तिले नेपालमा सत्ता परिवर्न गर्छाैं भन्ने शक्तिलाई उतै शक्ति केन्द्रमा बाेलाएर १२ बुँदे सम्झाैता गराएर बन्दुकबाट बुलेटमा आउन बाध्य बनाएकाे परिवर्तन तिमी भिगी बिल्ली बनेर हेरी बस्याै । जनतालाई दुख दिए पनि राष्ट्रलाई माया गर्ने एउटा राष्ट्रप्रेमी शक्तिलाई बाइपास गरेर कठपुतली र बिचाैलियाहरुले जनताद्वारा,जनताकाे लागि जनताकाे सरकार भन्ने जनतामारा ,देश बेचुवा दलाली तन्त्रलाई गणतन्त्रकाे नाम दिएर बिस्तारै भित्रै भित्र देश खाने घुनहरुले अरुकाे पिठिँउमा चढेर देश हाँक्न खाेज्ने व्यवस्ता स्थापना गरेर संसारकै उच्चतम शासन प्रणाली भनेर देशलाई लुट्न सके लुट कान्छा भन्ने शासन व्यवस्ता हजाराैं देश खाने घुन र जनता चुस्ने जुँकाहरुकाे हातमा पुगेकाे परिवर्तन तिमी टुलुटुलु हेरी बस्याै ।
०४६ देखि ०८२ सम्म सत्ताकाे लुछाचुडी, हत्या, हिंसा, बलात्कार, कमिशन, तस्करी, मानव तस्करी,जग्गा काण्ड, वाइटवडी काण्ड,टि स्टेट काण्ड, नक्कली शरणार्थी काण्ड, जनयुद्ध, सांसद पद बिक्री, लगायत अनेक घाेटाला गर्ने र गराउनेहरु सत्ता, कमिशन, दलाली र पदमा भागबण्डा मिल्दा एकअर्काे विना बाँच्नै नसक्ने मित्र भएर सत्ता देखि कमिशनसम्म मिलीजुली भागबण्डा गरेर खाने गठबन्धनकाे सरकार, विचार मिल्याे भनेर एकता गरेर देशर जनता लुटेकाे परिवर्तन तिमी सहेरै बस्याै । अनि जब भागबण्डामा शेयर मिलेन भने विचारलाई अचार बनाएर डल्ले खुर्शानी भन्दा पनि पिराे, नुन भन्दा पनि चर्काे र अत्यन्त तल्लाे स्तरकाे गालीगलाैजकाे ओलम्पिक खेल्दै कुकुर र बिरालाे जस्तै म्याँउ म्याँउ र भाैं भाैंकाे बाढी परिवर्तन तिमीले छर्लङ्ग देख्दै र बेहाेर्दै गरेकाे प्रष्ट छ ।
अहिले आएर आजसम्म सत्ता कब्जा गरेर पशुपति आर्यघाटकाे बाटाे खाेज्ने अवस्थामा आइपुग्दा पनि सत्ता नछाेड्ने ,भ्रष्टाचारकाे दलदलमा डुबेका,नातावाद र कृपावादलाई सत्ता चलाउने राजनीतिक दलकाे मेनिफेस्टाे स्वीकार गरी लुटेकाे सत्तामा राष्ट्रिय ढुकुटी,रेमिट्यान्स र अनुदानकाे भिख खाएर माैज गर्ने र लुटकाे सम्पतिमा आफ्ना बालबच्चालाई संसारका अत्यन्त महंगा स्कुल कजेजमा अध्यन गर्न पठाउने, लुटेकाे धन माथि महंगा हाेटल र रेस्टुराँमा खाने पिउने कुराकाे फुपुकाे श्राद् भनेजस्तै गरी खाने कुराकाे अपमान, रहनसहन र उनिहरुकाे दैनिकी ९९% आम नागरिक भन्दा फरक, व्यवहार पनि फरक र आम नागरिक जसकाे कमाइ र उसले तिरेकाे ट्याक्समा माैज मस्ती गर्ने अनि तिनीहरुकाे स्टारीय जिन्दगी जिउने साधन या वातावरण सहज बनाइ दिने आम नागरिकलाई मान्छे भन्न पनि कंजुसाइ गर्ने र हेप्ने, चिढाउने, तुच्छ व्यवहार गर्ने प्रवृतिले ९९% जनताका बालबच्चाहरु जस्ले ज्वराे आँउदा एक चक्की सिटामाेल किन्न नसकेर ज्यान गुमाएकाे,स्कुलकाे फि तिर्न नसकेर शिक्षा लिनबाट बंचित हुनु पर्ने बाध्यता,दाल चामल किन्न नसकेर कति दिन भाेकै वस्नु पर्ने बाध्यता, न्याय कानुनलाई किन्न नसक्दा निर्दाेष हुँदाहुँदै पनि अपराधी बनाएर सजाए र कार्वाहीमा पर्नु परेकाे अनेक थरिका वाध्यता र पीडाहरुले त्याे भ्रष्ट व्यवस्था र नेप्पाे बेबी प्रवृतिकाे बिरुद्ध संसार भरी आवाज र आन्दाेलनकाे सिलसिलेवार एउटा डिजिटल प्लेट फर्म स्वत: तयार भयाे र त्यसले गरेकाे परिवर्तनकाे कार्यमा भने जस्ताे गरी सफलता हाँसिल हुन नसके पनि केही हदसम्म सबैलाई साेच्न र पुरानाे सिस्टम चाहे त्याे राजनीति हाेस,चाहे त्याे शिक्षा क्षेत्र हाेस, चाहे त्याे वातावरण हाेस, चाहे त्याे कला र संगीतकाे क्षेत्र हाेस,चाहे त्याे जातपात हाेस,चाहे त्याे स्वास्थ्य हाेस सबै कुरा मान्छे राजा हाेस या रंक,अमीर हाेस या गरीब,महिला हाेस या पुरुष सबैलाई परिवर्तन गर्नु पर्छ,सुधार गर्नु पर्छ,सबैमा समानताकाे भावना र व्यवहार समान हुनु पर्छ भन्ने मान्यता स्थापित गर्न भने सफल भएकाे छ र भ्रष्टाचार,कमिशन र तस्करी मुक्त समाजकाे स्थापना गर्न संघर्षरत छ र उसकाे संघर्ष जारीछ तर त्याे कार्यमा बाधा अड्चन कहाँनेर छ त्याे प्रष्ट पार्न नसक्दा उसकाे यात्रामा कठिनाइहरुले ब्रेकरकाे काम गरिरहेकाछन् ।
बिभिन्न समयमा अरु देशमा भएका घटनाहरुकाे क्रम नेपालमा पनि देखियाे नेपालमा बहुमतकाे वेमाैसमी गठबन्धनकाे सरकारले भ्रष्टाचार बिरुद्ध र सामाजिक संजाल माथि प्रतिबन्धकाे निर्णयले डिजिटल युवाहरु जसलाई जेन-जी भनिन्छ उनिहरु बहुत शान्त वातावरणमा मुल मुद्दा सामाजिक संजाल माथिकाे प्रतिबन्ध फुकुवाकाे थियाे तर सत्ताकाे मातमा मात्तिएकाे ओली शेरे अनैतिक गठबन्धनकाे अनैतिक,अहंकारी,घमण्डी सरकारले वार्तामा बाेलाएर समस्या सुल्झाउनु उचित ठानेन यी स्कुल क्याम्पसमा पढ्ने अल्लारे केटाकेटीहरु बन्दुककाे आवाज सुन्ने वित्तिकै भाग्छन भन्ने गलत साेचाइले आफुहरु स्वयंले अल्लारे जीवनमा नै हाे मान्छेकाे टाउकाे रेटेकाे,प्लेन हाइज्याक गरेर पैसा लुटेकाे भन्ने आफ्नै इतिहास सम्झिन नसक्दा, म त सत्तामा छु र सत्तामा भएकाे मान्छले मान्छे पनि मार्न सक्छ, लुट्न सक्छ, भ्रटाचार गर्न सक्छ, तस्करी गर्न सक्छ भन्ने घमण्डमा चुर भएर स्कुले बच्चाहरुलाई डराएर भगाउने अत्यन्त गैर जिम्मेबारी पूर्णढंगले बच्चाहरुकाे टाउकाे र छातीमा ताकी ताकी गाेली ठाेक्ने आदेश दिएर देखाएकाे अदूरदर्शीताकाे कारण ६ दर्जन युवाहरुकाे हत्या भयाे त्यस घटनाका खास अपराधी तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक हुन तर भागेर,लुकेर जीवन दान पाउदा पनि अंझै राजनीतिक अहंकार र घमण्ड टुटेकाे छैन, लुकेर बसेकाे २/४ दिन पछि फेरी उनै नेता ठाेेकेेर मिडिया सामाजिक संजालमा उफ्रिउफ्री आन्दाेन गर्ने,संंसद पुनर्वहाल गरेर फेरी प्रधानमन्त्री बन्ने दिवास्वप्न देख्दै छन् र मिडिया, पत्रकार र फेरी त्यही यीनलाई भगाउने जेन्जी स्वयंले पनि वार्ता गर्न र चुनाव लड्न तिनै भ्रष्ट र कमिशन खाेर बालक हत्यारालाई आह्वान गर्दै छ ।
भ्रष्टाचार रहीत सरकार भनेर स्वच्छ छवि भनेका जेन्जीले मन्त्री छानेका व्यक्तिहरु एनजियाे आइनजियाे या अन्य देशका संस्थामा सम्लग्न व्यक्तिकाे डाेनेशनबाट नेपालमा संस्था खाेलेर बसेकाहरुकाे याे जेन्जी आन्दाेलनमा सहभागिता र कमाण्ड देखिनु या याे अंतरिम सरकारकाे लगाम उनीहरुकाे हातमा देखिनु भनेकाे याे कतही राष्ट्र हीतमा हुन सक्दैन । अनि तत्काल त्याे आन्दाेलनले परिवर्तन ल्याए जस्ताे देखिए पनि गहिरिएर आन्दाेलनकाे शुरुवात सही र राष्ट्रकाे हितमा देखिए पनि आन्दाेलनकाे सफलता र परिवर्तन कतही राष्ट्रकाे हीतमा छैन् । माओवादी जनयुद्ध र याे जेन्जी आन्दाेलनकाे दाेस्राे भाग राष्ट्रकाे सम्पत्ति,ऐतिहासिक दस्तावेज र अपराधीका फाइल जलाउनु,जेल ताेडेर अपराधी भगाउनु,अड्डा अदालत,सरकारी कार्यालयमा ,उद्याेग र ब्यापारिक सेन्टरमा आगाे लगाएर सामाजिक संरचणा ध्वस्त पार्नु, उद्याेय, ब्यापार बन्द गराएर अंझै केही बचेखुचेका युवाहरुलाई बेराेजगार बनाएर बिदेशीन बाध्य बनाउनु, देशलाई कैयाैं बर्ष पछि धकेलेर ऋणमा ढुबाउने षडयन्त्र भएकाे कुरा परिवर्तन तिमी लुकेर हेरेर बसी रह्याैं । आँखिर नेलाली जनताले परिवर्तनकाे नाममा पटकपटक रगत बगाउनु पर्ने तर सत्ता अर्कैले कब्जा गर्ने या आफ्ना कठपुतली राख्न लगाउने हाे भने यस्ता परिवर्तनकाे वास्तवमा नेपाली जनतालाई खाँचाे छ जस्ताे लाग्दैन ।
याे लेख तयार पार्दै गर्दा आजै एउटा कथा भेटे जुन कथाकाे सार पनि याे लेख र हाम्राे नेचरसंग ठ्याक्कै मेल खाँदाे रै छ ।
एउटा इण्डियन र जापानी धेरै लामाे समयसम्म घनिष्ट दाेस्त रहैछन् तर त्याे जापानी दाेस्तले बर्षाैबर्ष दाेस्ती भए पनि त्याे इण्डियन दाेस्तलाई कहिले आफ्नु घरमा जाँउ नभनेकाेले एकदिन त्याे इण्डियनले तिमीले हाम्राे यति लामाे समयसम्मकाे दाेस्तीकाे यात्रामा एकवटक पनि घर जाँउ भनेनाैं भनेर साेधेछ एकछिन त त्याे जापानी चुप लागेछ अनि केही वेर पछि भने छ हेर जापानिजहरुले इण्डियनलाई घर किन लिदैनन् भने तिमीहरु धनी र जनसंख्यामा पनि धेरै भएर पनि कहिले बाहिरबाट लुट्न आउने २/४ सय जनाले लुटेर तिमीहरुमाथि शासन गरेर गए । कहिले मुस्लिम,कहिले डच,कहिले काेही कहिले काेही तिमीहरु पचास कराेड हुँदा थाेरै गाेराहरु अंग्रेज आएर तिम्राे देश लुटे,तिम्राे धर्म संस्कार मासे, तिम्रा चेलिवेटी बलात्कार गरे, राष्ट्रलाई माया गर्ने नेता या जनतालाई मारे यस्ता सबै देश लुट्ने काममा उनिहरु त पर्दा पछाडी बसेर अर्डर दिन्थे, तिमीहरुलाई लुट्ने, मार्ने,गाेली ठाेक्ने,उनिहरुकाे दलाली गर्ने तिम्रा आफ्नै इण्डियन थिए, जाे आफ्नै देश लुट्न आउनेलाई लखेट्नु पर्ने ठाँउमा उसैकाे दलाली गर्छ ,जाे आफ्नै चेलवेटी बलात्कार गरिदा ब्लात्कारीलाई बचाउछ,जाे आफ्नैकाे सत्ता खाेस्नमा बिदेशीकाे कमारा बन्छ, जाे बिदेशीकाे बन्दुक बाेकेर आफ्नैकाे हत्या गर्छ यस्ताे स्वार्थी दलाल र दास चरित्र भएकाे देशकाे नागरिक जाे आफ्नु देश र आफन्तहरु प्रति बफादार हुन सकेन,जसले क्षणिक स्वार्थकाे लागि आफ्नु मातृभूमि र आफ्नै देशका नागरिक तथा संस्कार बेच्न लाज मान्दैन त्यस्ताे मान्छेलाई जापानिजले दाेस्त बनाए पनि आफ्नु घर भित्र लान उचित ठान्दैन , वफादारीलाई क्षणिक लाेभलालचले बेचेर दलाली गर्ने मान्छे उ बाँचुन्जेल कसैकाे दास त हुन सक्छ तर स्वयं आफ्नै पनि हुन सक्दैन भनेर तिमीहरुले देखाएकाे तिम्राे राष्ट्रघाती चरित्रकाे कारण जापानिजले गाली वेइज्जेती सहन सक्छ तर राष्ट्रघात रत्तिभर पनि सहन सक्दैन ।
प्रायजसाे तिमीहरु राष्ट्रघाती भएकाे कारण दाेस्ती गरे पनि इण्डियनलाई आफ्नु घरभित्र लादैन जापानिजले सुनाएकाे कुराकाे जवाफ दिन सक्ने कुनै शब्द थिएन उ संग केवल खेतमा भाँगाे खाएर टाेलाएकाे ढुक्कुर जस्तै हुन बाहेक। हेर परिवर्तन याे कथा राजा त्रिभूवन पछिका नेपालका राजा,मन्त्री,आम जनता अंझ बिशेष गरेर एनजिओे,आइएनजिओकाे हकमा बढी लागु हुन्छ केवल राजा महेन्द्र र राजा वीरेन्द्रलाई छाेडी । हेर परिवर्तन तिमी एक्टिभ छाै पटकपटक सत्ता परिवर्तन गराएकी पनि छाै तर परिवर्तनकाे नतिजा या परिणाम आँखिर दासता र दलालीमा गएर टुङ्गिने गरेकाे परिवर्तन तिमीले लुकेर हेरी कहिलेसम्म बस्ने ? के सतिकाे सरापबाट नेपाल र नेवाली जनता मुक्त हुन सक्ने कुनै उपाए छैन ?