नेपाल सेनाद्वारा उद्धार कार्य

8.4k Shares
काठमाडौं । डोल्पाको भ्रमण पश्चात मुस्ताङतर्फ फर्कदै गर्दा छार्काताङ्सोङ गा.पा.-१, मुलुङ भन्ने ठाउँबाट गत १६ गतेबाट अचानक सम्पर्क विहिन भएका पर्वत जिल्ला, जलजला गाउँपालिका वडा नं. ३, माझफाँट स्थायी घर भएका २ जना पुरुष व्यक्तिहरुको जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा उद्धार कार्यको लागि खटिएको नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले हवाई साधनको समेत प्रयोग गरी आज मिति २०८२।०७।२० गते मुस्ताङ जिल्ला, बारागुङ् मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ५, भेरोल इलाकाबाट निजहरुलाई सकुशल उद्धार गरी जोमसोमस्थित पुथाङ विमानस्थालमा आफन्तलाई बुझाएको छ ।
सम्बन्धित समाचार