के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ?

5.7k Shares

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका बोटबिरुवा लगाउने चलन छ । विशेष गरी शहरी क्षेत्रमा गमला तथा घर वरिपरिको खाली ठाउँमा विभिन्न किसिमका फूल तथा बोट बिरुवाले सजाउने गरिएको पाइन्छ ।

वास्तु शास्त्रका हिसाबले केही बोटबिरुवालाई घर वरिपरि लगाउँदा शुभ मानिएको छ भने केहीलाई अशुभ मानिएको छ ।अन्तर्राष्ट्रिय मिडिया नवभारत टाइम्सका अनुसार क्रोटन प्लान्ट घरमा रोप्दा यसले घरको सुन्दरता बढाउनका साथै यो एक उत्कृष्ट वायु शुद्धीकरण पनि हो।

क्रोटन एक इनडोर बिरुवा हो । क्रोटन बिरुवा यसको रंगीन, सुन्दर पातहरूको लागि परिचित छ । यसको पातहरूले हावाबाट विषाक्त पदार्थहरू सोस्न मद्दत गर्दछ। त्यसैले घर भित्रको हावा शुद्ध पार्नको लागि एक महत्त्वपूर्ण बिरुवा बनाउँछ। 

धेरै मानिसहरूले यसलाई आफ्नो छाना, बाल्कोनी, शयनकक्ष र कार्यालयहरूमा रोप्न रोज्छन् । क्रोटनको हेरचाह गर्न केही कुराहरू आवश्यक पर्दछ।

कस्तो ठाउँमा रोप्ने ? 

यस बिरुवाले उज्यालो, अप्रत्यक्ष प्रकाश मन पराउँछ । त्यसैले प्रकाश पर्ने ठाउँमा रोप्दा राम्रो हुन्छ । 

यसको माटो थोरै ओसिलो राख्नुपर्छ, तर धेरै पानी हाल्नु हुँदैन ।

सम्बन्धित समाचार