पुनरनिर्माणको काम थाल्न सरकारलाई आग्रह

5.1k Shares

इलाम । गत असोज १८ गतेको बाढी पहिरोबाट भएको विपद्पछि इलाममा पुनरनिर्माण र पुुर्नस्र्थापनाका लागि कुनै काम सुुरु हुन नसकेको भन्दै नेकपा (एमाले) इलामले सरकारको ध्यानाकर्षण गराएको छ । 

एमाले इलामका अध्यक्ष गणेशप्रसाद बराल नेतृत्वमा गएको टोलीले इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत सरकारलाई ज्ञापनपत्र बुुझाउँदै सरकारलेको ध्यानाकर्षण गराएको हो । 

इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म कुनै कामको थालनी नभएको भन्दै तत्काल पुनरनिर्माण र पुनःस्थापनाको काम थाल्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । असोज १८ को बाढी पहिरोपछि अहिले पनि मेची राजमार्गको राजदुवाली माइखोला सडक अवरुद्ध भइरहेको छ । 

यो क्षेत्रको जमिन धाँजा फाट्ने र धस्सिने कारण दैनिक मर्मतपछि मात्र सडक सञ्चालन हुुँदै आएको छ । यता यो स्थान अवरुद्ध हुुँदा इलामसहित पाँचथर, ताप्लेजुुङसम्मकै यातायात सम्बन्ध बिच्छेद हुुँदैआएको छ । 

तीन महिनाको लागि मात्र विपद् संकट ग्रस्त जिल्ला घोषणा गरेको सरकारसँग एमालेले तत्काल इलाममा विपद् पुुनरनिर्माणको शाखा खोल्नुु पर्ने माग राखेको छ । यस्तै, पूर्ण क्षति भएको घरका लागि जग्गा खरिद र पुनरनिर्माणको काम थाल्नुु पर्ने, जोखिममा रहेका घर र गाउँलाई तत्काल सुुरक्षित स्थानमा सार्नुपर्ने, विपद्पछिको पुनरनिर्माणको कार्यविधि झन्झटिलो भएकाले त्यसको परिमार्जन गर्नुुपर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

असोज १८ को विपद्पछि इलाममा ३९ जनाले पहिरोमा परी ज्यान गुमाएका छन् । एक जनाको अवस्था अझै वेपत्ता छ । यस्तै, ३३८ घर पूर्ण रुपले क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् । ११ परिवार सामुुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त र छिमेकीकोमा बस्दैआएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

यसबाहेक मेची राजमार्गसहित ग्रामीण पक्की र कच्ची सडक, दर्जनबढी विद्युत आयोजना, विद्यालय लगायतमा क्षति पुुगेको छ । इलाममा भएको विपद्पछि मन्त्री कुलमान घिसिङले इलामको स्थलगत अवलोकन गर्नुुभएको थियो । 

सम्बन्धित समाचार