वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

5.5k Shares
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।
 
दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए। 
 
पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम  पनि जारी छ । 
 
‘नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ’, इन्जिनियर चन्दले भने। आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए। 
सम्बन्धित समाचार