जङ्गलभित्र लगेर कारमा आगजनी, चालक फरार

8.7k Shares

झापा– मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ । 

मेची राजमार्ग अन्तर्गतको चारआली–चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जंगलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।

कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ । उनले भने, ‘जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए। चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । आगजनीपछि कार चालक फरार भएका छन् । 

स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो ।

सम्बन्धित समाचार