जलाइएको घर हेर्न बालकोट पुगेका ओलीले भने- यो सरकार मसँग दुष्मनी मोल्दैछ

6.8k Shares

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गरेका छन् ।

आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले रोष प्रकट गरेका छन् । पत्नी राधिका शाक्यसहित पुगेका उनले सुशीला कार्की नेतृत्वको सरकार अपराधीलाई जोगाउन लागिरहेको बताए ।

‘यो सरकारले अपराधीलाई कारबाही गर्न मानेको छैन । स-प्रमाण पक्राउ परेकालाई पनि गृहमन्त्री ओमप्रकाश अर्याललले छाड्न भनेका छन्’, उनले भने, ‘गृहमन्त्रीले हिजो मात्रै दिएको अन्तर्वार्तामा बोलेका कुराले पनि सरकारको मनासय बुझ्न सकिन्छ । तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई बचाउने पक्षमा उहाँहरूको मनोभाव छ ।

ओलीले आन्दोलनका नाममा जसलाई मर्का परेको छ, क्षति भएको छ, तिनीहरूमाथि सरकारमा दुष्मनी साँध्दै हिँडेको बताए ।

‘गृहमन्त्री अर्याल ममाथि व्यक्तिगत रिसइबी साँध्दैछन् । उनको र यो सरकारका मान्छेको घर र जग्गाको साँध सिमाना मैले मिचेको छैन तर दुष्मनी ममाथि साँधिरहेको छ’, उनले भने, ‘यो सरकारले केही गर्ने योजना बनाइरहेको सूचना आएको छ ।’

सम्बन्धित समाचार