चुनावका बारेमा प्रधानमन्त्री र दलहरूबीच छलफल चल्दै, २ जना पर्यवेक्षक पनि सहभागी

8.3k Shares

काठमाण्डाै – फागुन २१ गतेका लागि तोकिएको चुनावको राजनीतिक वातावरण बनाउनेबारेमा प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग छलफल गरिरहनुभएको छ ।

बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा दिउँसो साढे ४ बजेदेखि दलहरूसँगको छलफल शुरू भएको हो । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल र कृषिमन्त्री मदन परियार पनि उपस्थित हुनुहन्छ ।

बैठकमा दलहरूको तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनुहुन्छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम, नेकपा एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष प्रकाश ज्वाला उपस्थित हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला, नेमकिपाबाट प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र जनमतका नेता चन्दन सिंह पनि सहभागी हुनुहन्छ ।

प्रधानमन्त्री कार्कीले पहिलो पटक आफैँले दलहरूलाई बोलाएर चुनावबारेमा छलफल गरिरहनुभएको हो । यसअघि राष्ट्रिपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमै दलहरूबीच छलफलमा भने प्रधानमन्त्री कार्की पनि सहभागी हुनुभएको थियो ।

छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा सहभागी हुनुभएको छ ।

सम्बन्धित समाचार