युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने

7.3k Shares

काठमाडौं– एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सुरक्षा चुनौती बढ्न सक्ने भन्दै कुनै पनि र्‍याली र प्रदर्शन कार्यक्रम गर्न नदिने निर्णय गरेको जनाएको हो ।

‘विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ’, प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल शनिबार दिउँसो १ बजे काठमाडौं तिनकुनेमा भेला भएर मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिने निर्णय गरेसँगै युवा संघको सो र्‍याली प्रभावित हुने देखिएको छ ।kathmandu-prashasan-suchana-1187x1536.jpg

 

सम्बन्धित समाचार