दोलखामा अलपत्र परेका चार पर्यटकको उद्धार

6.2k Shares

काठमाडौँ, असोज २३ गते । दोलाखा जिल्लाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बिच बाटोमा फसेका चार जना विदेशी पर्यटकको बिहीबार उद्धार गरिएको छ ।

उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका दुई र स्वीजरल्याण्डका दुई गरी चार जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए ।

उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौँ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् ।

सशस्त्र प्रहरीका डिएसपि एवम् सहप्रवक्ता शैलेन्द्र थापाले उनीहरुलाई आज बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौँतर्फ पठाइएको जानकारी दिनुभयो । 

सम्बन्धित समाचार