राष्ट्रपति पौडेलद्धारा दशैँको टीका ग्रहण

6.9k Shares

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिनुभयो ।

सम्बन्धित समाचार