काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेन–जी आन्दोलनका कारण यस वर्ष दशैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।
कम्पनीले आन्दोलन अगाडि झन्डै दुई हजार खसी, बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया शुरू गरेको भए पनि केही दिन देखापरेको अन्योलको परिस्थितिले यातायात तथा आपूर्ति व्यवस्थापन सहज नभएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट खरिद/बिक्री कार्य नगर्ने निर्णय गरेको कम्पनीका बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिनुभयो ।
खसी–बोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्द भएकाले उनीहरूको रकम फिर्ताको प्रक्रिया शुरू भएको छ । कम्पनीले दशैँमा खसी–बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको थियो ।