8.5k
Shares
काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले २४ घण्टामा १५ लाख विश्वकप टिकट आवेदन प्राप्त गरेको छ । सन् २०२६ को विश्वकपको ‘प्रिसेल ड्र’ शुरू भएको २४ घण्टाभित्र २ सय १० देशका समर्थकहरूबाट १५ लाखभन्दा धेरै टिकट आवेदनहरू प्राप्त गरेको फिफाले जनाएको छ ।
टिकटको माग मुख्यतया अमेरिका, मेक्सिको, क्यानडा, अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, इङ्ग्ल्यान्ड, स्पेन, पोर्चुगल र जर्मनीबाट आएका थिए । आवेदन दिएकाहरूलाई आउँदो सेप्टेम्बर २९ देखि इमेलमार्फत सूचित गरिनेछ र अक्टोबर १ देखि टिकट खरिद गर्न तोकिएको समय स्लटहरू दिइनेछ ।
आउँदो वर्षको विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाका १६ वटा शहरमा आयोजना हुँदैछ ।