धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

9.6k Shares

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ ।

कारागार परिसरबाट आगोको मुस्लो निस्किएको देखिएको छ भने परिसरबाहिर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कारागारको छतमा पनि प्रहरी पुगेका छन्‌ ।

बुधबार जेन-जी प्रदर्शनका क्रममा प्रहरी चौकीहरूमा आक्रमण हुँदा देशका विभिन्न कारागारका कैदीबन्दी भागेका थिए । त्यस्तो खबर पाएपछि धादिङ कारागारका कैदीबन्दी पनि भाग्न खोजेको र आगजनीमा उत्रिएको अनुमान गरिएको छ ।

तर, सुरक्षाकर्मीले कारागार परिसरमा घेरा हालिसकेकाले त्यहाँबाट कैदीबन्दी भाग्न सक्ने सम्भावना नरहेको स्थानीयहरूले बताएका छन्‌ ।

सम्बन्धित समाचार