‘उपत्यकामा गुण्डाहरू जुर्मुराउँदै’

12.7k Shares

राजनीतिसँग जोडेर गुण्डाको  दबदबा, गुण्डा गर्दीहरूले आधुनिक तरिकाबाट परिचालन रहि समाज, नागरिकलाई बेचेन नै बनाई सके ।
हुन पनि प्रहरीलाई गुण्डाहरू पक्राउ गर्ने ठूलो कुरो भएन, गुण्डालाई थुनामा राख्ने बिषय ठूलो कुरो भएकोमा स्वयम् प्रहरीहरू नै बताउँछन्, ‘गुण्डाहरू प्रहरीको नाकमा झिंगा झै भए’ ।
बिगतमा जस्तै अहिले उपत्यकामा राजनीतिक दलको संरक्षणले गुण्डाहरूले आफ्नो जिल्ला—जिल्लाको युनिट बनाएर गुण्डागर्दीको गुण्डाहरूको शाख जमाउँदै छन् ।
बिगतमा चक्रेको ग्याङ, दिपक मनाङ्गेको ग्याङ राजनीतिमा जमेका थिए, त्यहि ग्याङबाट फुटेर ‘घंैटे’ कुमार श्रेष्ठले आफ्नो ग्याङ खडा गरेर निमार्ण व्यवसायमा चलायमान रहे ।
राजधानी र नेपालका विभिन्न जिल्ला घंैटेको दबदबा बढ्दै थियो,
कुनै समय कुनै डान्स बार (बागबजार) मा प्रहरी अधिकृतहरू बसेर मदिरापान गरिरहेको डान्सबारमा घैंटे ग्याङको प्रबेश पश्चात् प्रहरी अधिकृतहरू घंैटे ग्याङको मुकाबल हँुदा केही अधिकृतहरू चोट ग्रस्त भएका थिए ।
तर घंैटे ग्याङलाई पक्राउसम्म गर्न सकेन, कारक घंैटे काग्रेस पार्टीको तरूण दलमा आबद्ध थिए । घैंटेको काग्रेसका चर्चित नेतासँग राम्रो हिमचिम थियो ।
बिगतदेखि नै गुण्डाहरू प्रहरी नाकको झिंगाको रूप झै दबदबा दिन्थे । हाल उपत्यकामा विभिन्न जिल्लाबाट आएर उपत्यकालाई कमाई खाने अखडाको रूपमा बिकास भईरहेकोमा प्रहरी प्रशासन मुकदर्शकको अवश्थामा छ ।
गुण्डाहरूको ग्याङबाट नै जिम–सेन्टर सञ्चालन गर्ने, विभिन्न डान्सबार, दोहरी, डिस्को जस्ता व्यबसायहरू गर्दै आफ्नो दलबल जमात जम्मा गर्ने अखडाको रूप संचालन गरि रहेका छन् ।
अनि आफ्नो जिल्लाका केटिहरू जम्मा पार्ने आफ्नो ग्याङ बनाएर  मसल पाबर देखाए समाजिक सञ्जालमा प्रस्तुत गर्ने परम्पराले पनि नागरिक, समाज भयानक रूप अफवाह फैलिरहेको बारे एक प्रहरी अधिक्त बताउँछन् ।
हुन पनि गुण्डाहरू कुनै न कुनै व्यवसायमा आबद्ध रहि आफूलाई व्यापारीको संज्ञामा नाम जोडेर समाजमा व्यापारी नामाकरण गर्ने गरेको र  आफ्नो भित्री कालो धन्दाहरू जमाउँदै राजनीतिमा एकछत्र राज गरिरहेका छन् ।
गुण्डाहरूको पनि यस्तो सञ्जाल छ कि राजनीतिदेखि प्रहरी कै बरिष्ठ अधिकृतहरूसँग लगानीदेखि उठबस रहेको हँुदा गुण्डागर्दि समाजबाट टाढा रहन नसकेको बारे एक जानकार बताउछन् ।
अझ आज भोलि व्यापारीहरू व्यापार न्यून बन्दै गईरहेकोमा बैकका किस्ता, फाईनान्सको व्याज समस्यमा रहेका व्यापारीलाई ऋण तिर्न सरल तरिकाले रकम आदान प्रदान गर्ने खेल झन् बिकराल देखिएको छ, गु्ण्डाहरूले १ को १० सम्म व्याज लिने, १ बर्षमा हुने सांवा व्याजको हुने जम्मा रकम को अग्रिम चेक कटाई चल–अचल सम्पत्ति जफत गर्ने परम्परा बिगतमा देखिएको थियो भने अहिले पनि त्यो परम्परा बढ्दो छ ।
आज भोलि यस्ता व्यापारीले गर्दा नै गुण्डा गर्दी फष्टाएको छ । यहिकारण गुण्डाराज उपत्यकामा चलायमान रहि रहेको अनुमान गरिन्छ, राजनीति संरक्षणमा रहेको गुण्डाको जरो कहिले काट्लान् त राजनीतिक दलका नेताहरुले संरक्षण गरेको गुण्डाराज ?
क्रमशः

सम्बन्धित समाचार