अध्यक्ष रञ्जितताले बोलाएको बैठकमा रेशम पक्षधर नेता उपस्थित नहुने, जानकारी नभएको दाबी

8.9k Shares

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरीले आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

आइतबार  कुरा गदै चौधरीले आफूहरूलाई कुनै जानकारी नै नभएको दाबी गरे । ‘मैले सामाजिक सञ्जालमा मात्र बैठक रहेछ भन्ने देखेको हो । अन्य साथीहरूलाई पनि जानकारी रहेन छ ।’ चौधरीले भने, ‘म सँग सम्पर्क भएका नेताहरू कसैले बैठकबारे जानकारी भएको सूचना पाएको छैन । नबोलाएपछि जाने कुरा भएन ।’ 

रञ्जितताले आज आइतबार र  भोलि सोमबारका लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । तर बैठकमा रेशम पक्षधर उपस्थित नहुने देखिएको छ । बैठक दिउँसो १ बजे काठमाडौंमा बस्ने बताइएको छ । 

रेशम पक्षले अध्यक्ष रञ्जितलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद बढेको छ । तर  निर्वाचन आयोगले भने रञ्जितलाई अध्यक्ष कायम गरेपछि अहिले रेशम पक्षका नेताहरू असन्तुष्ट छन् । नाउपा अध्यक्ष रञ्जिता र संरक्षक रेशम श्रीमान् श्रीमती हुन् ।

सम्बन्धित समाचार