सञ्चारमन्त्री गुरुङले भने- मुलुकमा अस्थिरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु हुँदैन

6.7k Shares

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थिरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु उचित नभएको बताएका छन् ।  

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले अस्थिरता निर्वाचन प्रणालीका कारण मात्रै नभई दलहरूको कारणले पनि हुने गरेको बताएका हुन् । उनले दलहरू मिलेर काम गर्न सके जस्तो प्रणाली भए पनि स्थिरता कायम हुन सक्ने धारणा राखे । 

बाह्य शक्तिको हस्तक्षेपले समेत मुलुकमा अस्थिरता देखिने गरेको भन्दै उनले प्रणालीको सुधार गर्नुभन्दा पहिले दलहरूको कार्यशैलीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । 

गुरुङले संविधान संशोधन गर्दा पूर्ण समानुपातिक प्रणाली जानुपर्नेमा जोड दिए । पूर्ण समानुपातिक प्रणालीमा जान सके निर्वाचनमा नाममा हुने खर्च समेत नियन्त्रण हुने उनको भनाइ छ ।  

त्यस्तै उनले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने बताए ।

सम्बन्धित समाचार