खोलाले बगाएर मृत्यु

8.6k Shares

भक्तपुर, १३ भदौ । सुर्यबिनायक नगरपालिका-८ आशापुरीस्थित नैचाल खोलाले बगाएर सोही ठाउँ बस्ने मानबहादुर तामाङको छोरी ९ वर्षीया रसमु तामाङको बिहीबार मृत्यु भएको छ ।

खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगाती समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्नेक्रममा काभ्रे पनौती नगरपालिका-८ र १२ को सिमाना पर्ने देबर खोला किनारमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार