ढल, मङ्गललगायतका संरचनाको सरसफाइ गर्न वडा कार्यालयहरूलाई काठमाण्डौ महानगरको निर्देशन

7.3k Shares

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ढल, मङ्गल, क्याचपिट, नाली र ह्युमपाइपलगायतका संरचनाहरूको सरसफाइ गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।

महानगरको विपद् व्यवस्थापन विभागले जारी गरेको पत्रमा डुबान समाधान गर्न भन्दै सफा गर्न निर्देशन दिएको हो । काठमाण्डाै महानगरपालिकाले डुबान समाधानका लागि विभिन्न संरचनाहरूको सफाइ गर्दै आएको र यस आर्थिक वर्षमा पनि सफाइको कामलाई निरन्तरता दिइएको विभागका प्रमुख जगदीश अर्यालले जानकारी दिनुभयो ।

विभागले वडा कार्यालयहरूलाई आफ्नो क्षेत्रभित्रका डुबानको जोखिम रहेका ठाउँहरूमा रहेका यस्ता संरचनाहरू सरसफाइ गराउन र सरसफाइ गरिएका सम्बन्धित ठाउँहरूको स्पष्ट विवरण उपलब्ध गराउनसमेत भनेको छ ।

सम्बन्धित समाचार