बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै

11.1k Shares

काठमाडौं– बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता भएकाले नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । 

आइतबार मध्यान्ह ३ बजते बोलकबोलको माध्यमबाट अनलाइन बिल्डिङ मार्फत ६० अर्ब रुपैयाँ केन्द्रीय बैंकले खिच्ने भएको हो । उक्त रकम असोज १ गतेसम्मका लागि हुने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार