7.8k
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले माफी मागेकी छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि उनलाई 'बोकेर हिँड्न सकिँदैन' भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी थिइन्।
उनले आगामी दिनमा पार्टी हितविपरीत अभिव्यक्ति नदिने वाचासहित पत्र पठाएकी थिइन्। आज बसेको सचिवालय बैठकमा झाँक्रीले दिएको लिखित स्पष्टीकरण पत्र पेस गरिएको थियो।
'रामकुमारीजीले भविष्यमा पार्टी निर्णयको विपक्षमा नबोल्ने भनेर यसअघि बोलेको कुरामा क्षमा मागेपछि उहाँलाई थप कारबाही नगर्ने निर्णय भएको छ,' एक पदाधिकारीले भने।