6.9k
Shares
काठमाडौं, २८ साउन । काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली डेरा गरी बस्ने ३२ वर्षीया शर्मिला भट्टको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ६६ हजार २ सय ८६ रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
ललिपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने उमा अधिकारीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।